
नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको छ। बितेको २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कूल संख्या करिव तेह्र हजार पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार (१४ असार)को नियमित प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलवस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् ।
नेपालमा आजसम्म कोरोना निको हुनेको संख्या ३ हजार नाघेको जानकारी दिँदै बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको पनि उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend