
भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो।
सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् । लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए ।
दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो । भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।
यी हुन् भारतले प्रतिबन्धलगायका ५९ एप
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend