बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिए

मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिए

काठमाडौं : मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए।

यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्। विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend