मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

उपत्यकामा मंगलबार भेटिए थप १४ जना कोरोना संक्रमित

उपत्यकामा मंगलबार भेटिए थप १४ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२, ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १४ जना संक्रमित थपिएको जानकारी दिए।

थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। काठमाडौं र ललितपुरसहित मंगलबार देशभर ३१६ जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend