
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको विवादलाई लिएर नेपाली काँग्रेसका नेता युवा नेता तथा संसद गगन कुमार थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक संजाल फेसबुक मार्फत उनले लेखेका छन् ”बालुवाटारमा तमासा छ ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुराेध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्” ।
https://www.facebook.com/thapagk/posts/3203830769660813
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका छन् । नेकपा स्थायी कमिटिको बैठक आज पनि चलिरहेको छ ।
यस अघि बुधबार बिहानै प्रधानमन्त्री ओलीले आफु निकट १५ जना स्थायी कमिटी सदस्यहरूसँग आफूलाई सहयोग गरिदिन आग्रह गरेका छन्।पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री ओलीले आज बिहान नेकपा स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा बोलाएर करिब २ घण्टा परामर्श गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend