सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो ।

यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको हो । मृ

पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

प्रवक्ता गौतमले उनी मधुमेहको विरामी भएको बताउनुभयो । मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् । पीपीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन् ।

बुधबारसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend