शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

चिनियाँ राष्ट्रपतिको भ्रमण व्यवस्थापन देखी काठमाडौँको ट्राफिक बत्ती र व्यवस्था सुधारसम्मका नायक एसएसपी भिम ढकाल

चिनियाँ राष्ट्रपतिको भ्रमण व्यवस्थापन देखी काठमाडौँको ट्राफिक बत्ती र व्यवस्था सुधारसम्मका नायक एसएसपी भिम ढकाल

असार १५, काठमाडौं । काठमाडौं महानगरीय ट्राफिक प्रमुख भीम प्रसाद ढकालले छोटो समयमै महानगरको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सफलता हासिल गर्नुभएको छ । उहांँले १० महिने कार्यअवधिमा ट्राफिक व्यवस्थापनमा दर्जनौं उत्कृष्ट सफल काम गरेर उदारणीय ट्राफिक प्रहरी अधिकृतको रुपमा आफूलाई प्रमाणित गरिसक्नु भएको छ ।
काठमाण्डौ उपत्यकामा सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापनमा अब्बल सावित हुनुभएको हो । यस अवधिमा उहांँले दुर्घटना न्यूनिकरणदेखि चिनियाँ राष्ट्रपति सि जिङ्ग पिनको सवारी सुरक्षामा आफ्नो कार्यकुशलता देखाई सक्नुभएको छ ।
उहांँले चीनका राष्ट्रपति सि जिङ् पिनको गत आश्विन २५ र २६ गते भएको २ दिने ऐतिहासिक भ्रमणको राजकीय सवारी सुरक्षित र त्रुटिरहित ढङ्गले ट्राफिक व्यवस्थापन गर्नुभयो । यस्तै नेपालमा रहेका तिब्बती शरणार्थीले आत्मघाती आक्रमण गर्ने, चीन विरूद्ध विरोधका कार्यक्रम गर्ने जस्ता सुरक्षा थ्रेटलाई निरूत्साहित गरी भ्रमणलाई सफल समेत बनाउनु भयो ।

Bhim_police4.jpg

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै उहांँले प्रधानमन्त्री के.पी. शर्मा ओलीलगायत उच्च ओहोदाका व्यक्तिहरूबाट प्रशंसा र धन्यवादको पात्र बनिसक्नु भएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद.अब्दुल हमिदको ४ दिने भ्रमण को २०७६ कार्तिक २६ देखि २९ गतेसम्म भएको ४ दिने सद्बाव भ्रमणको सवारी व्यवस्थापन सुरक्षित र त्रुटिरहित ढङ्गले ट्राफिक व्यवस्थापनमा खरो रुपमा उत्रनु भयो । ट्राफिक व्यवस्थापन दुर्घटना न्यूनिकरणका लागि ढकालले अन्य विभिन्न नीतिहरुलाई अबलम्बन गर्दै अगाडि बढ्नुभयो । जसले गर्दा अन्तराष्ट्र्रिय स्तरमा समेत तारिफ योग्य बन्यो ।
गत १५ गते देखि २४ गतेसम्म भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन लगायत खेल अवधिभर बिशेष ट्राफिक व्यवस्थापन रणनीति तयार गरी चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गरी देशको गौरवलाई उहांँले थप उच्च राख्नुभएको थियो । उहाँ यतिमा मात्र सिमित रहनु भएन ।
आफ्नो छोटो समयमै (निर्णय भएका) सडकमा समेत भएको खेलका गतिविधिहरु साईकिलिङ्ग, म्याराथुन, ह्वील चियर रेसलाई पनि चुस्त व्यवस्थापन गरेर सबैको मन जित्न सफल हुनुभयो । प्रमुख ढकालले महानगरको ट्राफिक व्यवस्थापन चुनौति रहेपनि पनि कहिल्यै विचलित हुनु भएन ।

भ्रमण वर्ष २०२० उद्धघाटन समारोहमा पनि उहांँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन समारोहको बिशेष ट्राफिक व्यवस्थापन योजना तयार गरी व्यवस्थित र सुरक्षित ट्राफिक व्यवस्थापन गर्न सफल बन्नुभयो ।

उहांँले बिशिष्ट तथा अति बिशिष्ट व्यक्तिहरुको सवारी र सभा सम्मेलन नेपालका अति बिशिष्ट तथा विशिष्ट व्यक्तिहरूको राजकीय, औपचारिक,अनौपचारिक सवारी, विदेश भ्रमण,राष्ट्रिय दिवसका कार्यक्रमहरू, शिलान्यास, उद्धघाटन जस्ता सवारी तथा कार्यक्रमको चुस्त र सुरक्षित ट्राफिक व्यवस्थापन गरेकोले उहांँको चर्चा चुलिंँदै गयो । उहांँ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निभाउन उत्तिकै माहिर हुनुहुन्छ विशेष समय र परिस्थिति मा आफूलाई तुरून्त र छिटोछरितो रूपमा सहज र सुरक्षित ट्राफिक व्यवस्थापन गर्ने क्षमता राख्नुहुन्छ ।
ट्राफिक प्रहरीको काम २४ सै घण्टा यात्रु तथा सवारीको उच्च सावधानी राख्नु र सहज व्यवस्थापन गर्नु हो । चाडपर्वको बेला पनि अन्य सवारी साधनभन्दा यात्रुबाहक बसको उत्तिकै चाप बढ्छ । यस्ता विशेष परिस्थितिमा पनि उहाँ सधै अग्रपंक्तिमा रहेर आफूलाई अब्बल सावित गरिसक्नु भईसकेको छ ।

 ट्राफिक प्रणालीमा सुधार, सचेतना बृद्धिमा फड्को

उहांँले आफ्नो सेवाअवधिमा ३ महिने ट्राफिक उज्यालो अभियान शुरु गर्नुभयो । जसअनुसार सडक प्रयोग कर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले “ तीन महिने ट्राफिक उज्यालो अभियान “ संचालन सम्बन्धी कार्ययोजना बनाई कार्यान्वयन गर्दै यसलाई मूर्तरुप दिनुभयो । दुर्घटना न्यूनिकरण गर्न र सडकप्रयोगकर्तालाई जनचेतना दिने अभिप्रायले उहांँले गत पुस १ गते शुरु गरिएको अभियानमा १लाख ३४ हजार ४३ जनालाई सचेतना प्रदान समेत गर्नुभयो । यस्तै काठमाडौमा हिड्नै पैदलयात्रीलाई सचेतना जगाउने उद्धेश्यले जथाभावी बाटो काट्ने १९ हजार ९सय ९८ पैदल यात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा दिएर ट्राफिक व्यवस्थापनमा नयांँ आयाम ल्याउनु भयो । ट्राफिक सचेतना बिना दुर्घटना न्यूनिकरण गर्न नसकिने भन्दै उहांँ गीत संगीतको माध्यमबाट ट्राफिक नियम , अनुशासन पालन गर्ने शिलशिलामा ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गर्नुभयो ।
उहांँले यतिमा मात्र आफूलाई बांँध्न चाहनु भएन , हरेर नयांँ नयांँ सिर्जनात्मक ढंगले सवारी व्यवस्थापन गर्दै क्रियाशील रहनुभयो । दुर्घटनाको कारण सवारीसाधन जताततै रोक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने आरक्षण सिटको पुर्णपालना गर्न आफै यात्रु बनेर सार्वजनिक सवारीमा चढेर यात्रुमैत्री अभियान शुरु गर्नुभयो । यो शिलशिलामा लापरवाही गर्ने र नियम पालना नगर्ने ८ हजार २सय ६९ सवारीको अनुगमन गर्नुको साथै ५ हजार २सय ९८ जना चालकलाई १८ बुंँदे प्रतिबद्धता पत्र दिएर सजक बनाउनु भयो ।

bhim_police2.jpg

ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन प्रमुख ढकालले सार्वजनिक सवारी यात्रा गर्ने यात्रु लाई गुनासोलाई सम्बोधन गरेर वाहवाहीको पात्र बन्नुभयो । यसका लागि आरक्षण सिट अनुगमन गर्न स्कुटरमा महिला ट्राफिक प्रहरी टोली , जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट लागु गर्ने बिषयमा ढकाल कडा रुपमा प्रस्तुत हुनुभयो ।
सो क्रममा आरक्षण सिट अनुगमन टोलीले ३सय २५ वटा सवारी साधन अनुगमन गरी ११५ लाई कारवाही गरेको उहांँले बताउनु भयो । प्रमुख ढकालले दोषीलाई दण्ड र असललाई सम्मान गर्न पनि कहिल्यै चुक्नुभएन । पछिल्लो समय ट्याक्सी चालकहरुले देखाएको इमान्दारिता र मानवीयता उच्च मुल्यांँकन गर्दै त्यस्ता चालकलाई सम्मान गरेर थप प्रोत्साहन दिनुभयो । उहांँको सेवाअवधिमा ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु बुझाउने २१ जना ट्याक्सी चालकलाई सम्मान गरिसक्नुभएको छ ।

ट्राफिक प्रहरीमा प्रविधिको उच्चतम प्रयोग

उपत्यकाको ट्राफिक व्यबस्थापनलाई चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरि प्रबिधिमैत्री ट्राफिक प्रणाली लागु गर्नुभयो । जसअन्र्तगत ९ बर्षदेखि विग्रिएका ट्राफिक लाइटलाई सञ्चालनमा ल्याईएको छ । राडरगन, ब्रेथलाइजर जस्ता उपकरण प्रयोग गरि २ हजार ३सय २० सवारीसाधन कारवाहीमा परेका छन । सो अवधिमा मापसे कारबाहीमा २५ हजार ४सय ७२ परेका थिए । सिसिटीभीको फुटेजबाट नियम उल्लघन गर्ने ९ हजार २सय २४ लाई कारबाहीको दायरामा ल्याईएको थियो । यस्तै ट्राफिक क्युनिकेसन एप्सको प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ढकाल सफल भन्नुभयो ।

यस्तै पछिल्लो समय लाईसेन्समा अनियमितता र नक्कली लाईसेन्सको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा स्मार्ट कार्ड रिडर मेशिन प्रयोग गरी चेकजाँच लाई कडा पारिएको छ । यस्तै प्रमुख ढकालले कारवाही गरिएका सेवाग्राहीका कागजजात सहजता ,प्रदान गर्दै आन्तरिक वृद्धि विकास तथा शुद्धिकरणमा समेत सक्रिय रही एक अब्बल, सफल ट्राफिक प्रहरी अधिकृतको रुपमा स्थापित हुन सफल हुनु भएको छ ।
कार्यालयका अनुसार काठमाडौ उपत्यकामा गतबर्ष २सय ५४ जनाको मानवीय क्षति भएकोमा यस आर्थिक बर्षको बैशाख सम्म झण्डै आधा सख्या घटेर १सय ३२जनाको मात्र क्षति भएको छ ।

कानुनी कारबाहीमा कडा व्यबहारमा नरम
शान्तिसुरक्षामा लामोसमयसम्मको अनुभव प्राप्त प्रमुख ढकालले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाही तथा जरिवाना गर्न विभिन्न अभियान समेत सञ्चालन गर्नुभयो । दिन एक, एक अभियान जस्ता कार्यक्रम मार्फत उहांँले ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न यस अभियान शुरु गरिएको हो ।
ढकालले दुर्घटनाको प्रमुख कारक दुईपाँग्रे सवारी तथा मृत्यु समेत यस्ता सवारीसाधनबाट हुने हुंँदा यस्ता सवारी चालकमाथि बढी निगरानी गर्ने आवश्यकता महसुस गर्नुभयो । जसअनुसार चर्को आवाजले अरुलाई असर गर्ने मोटरसाईकलहरूको कारवाही , ध्वनी प्रदुषण हुने गरी मोटरसाइकल कुदाउने, स्वरुप परिवर्तन गरी चलाउने, १सय ९७ चालकलाई कडा कारबाही गरी पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्नु भयो ।

Bhim_prasad1.jpg
काठमाडौंमा जथाभाबी पार्किङ गर्ने , ढोका खुल्ला राख्ने उपर कारबाही,सडकमा सार्वजनिक सवारी साधनहरूले सवारी चलाउँदा ढोका खुल्ला राख्ने,मोटरसाईकलको लुकिङ्ग ग्लास ठिक अवस्थामा नराख्ने नलाग्ने हजारौं त्यस्ता चालकलाई कारबाही गरेर आफ्नो कार्यकौशलता प्रदर्शन गर्नुभयो ।
दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तर्गत प्रमुख ढकालले ट्राफिकको आंँखा छलेर नियम उल्लंघन गर्ने, यात्रुलाई ठग्ने चालकका लागि रुपमा सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन समेत गर्नुभयो । हालसम्म महानगर ट्राफिकले  ७ हजार ९सय १८ ट्याक्सी चालकहरूलाई कारबाही गरेको जनाएको छ । प्रमुख ढकाल आफ्नो जिम्मेवारी र कर्तव्यपथबाट कहिल्यै पन्छिनु भएन । नियमपालनमा गर्ने कार्यमा उहांँ कडा भएपनि व्यक्तिगत रुपमा उहांँ शालिन ,नम्र हुनुहुन्छ । दुर्घना न्यूनिकरणका लागि जरिवाना भन्दा सचेतनाबाटनै न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा उहांँ दृढ हुनुहुन्छ । आफ्नो चालु सेवा अवधिमा ट्राफिक कारबाहीमा साना र ठूला कसैलाई भेदभाव नगरी मन्त्रालय, सरकारी निकाय, तथा उच्च ओहादाका व्यक्तिहरुलाई समेत ट्राफिक कारबाही गर्न सफल हुनुभयो ।

चालु आर्थिक बर्ष . २०७६र०७७ को जेठमसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ लाख ९५ हजार २सय ३९ वटा सवारीसाधनलाई कारबाही गरी ५करोड १४लाख १४हजार पांँचसय रुपैयांँ राजश्व संकलन भईसकेको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend