
धादिङ : पृथ्बी राजमार्गअन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकैबाट त्रीशूली नदीमा गाडी खसेको आशंका गरिएको छ।
मुग्लिङ्बाट काठमाडौंतर्फ जाँदै गरेको सानो गाडी ‘स्कार्पियो जीप ‘ खसेको स्थानीयले घटनाको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।
एक स्थानीय महिलाले गाडी खसेको कुरा बताएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरी धादिङका प्रमुख नेत्र भट्टले बताए। उनले भने, ‘स्थानीयको सूचनाको आधारमा हामी घटनास्थलमा अनुसन्धान कार्य गरिरहेका छौं, दुर्घटना भएको भनिएको ठाउँमा खसेको पुष्टि हुने बलियो प्रमाण छैन, खसेको भनिएको ठाउँबाट त्रीशूली नदी सिधा पर्ने भएकाले गाडी त्रीशूलीमा बेपत्ता भएको पनि हुनसक्ने भट्टले बताए।
भट्टको अनुसार प्रकृति हेर्दा मुग्लिन तर्फबाट काठमाडौंतर्फ आएको देखिन्छ । चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका गोताखोरको टोली र धादिङ प्रहरीले समेत खोजी कार्य तिव्र पारेको छ ।
गाडि खसेको देख्ने महिलाको बारेमा प्रहरीले सबै विवरण खुलाएको छैन ।’उहाँ हामीसँगै हुनुहुन्छ भट्टले भने, ‘उहाँले दिएको विवरणअनुसार अनुसन्धान र खोज तलास गरिरहेका छौं।’ गाडि खसेको भनिएको ठाउँमा तत्काल शस्त्रका प्रहरी बलका जल उद्दारकर्मी परिचालन गरिएको भएपनि केही पत्ता लागेको छैन। घटनास्थलतर्फ धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि स्थलमा पुगेको छन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend