शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

ओली नेतृत्वको सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

ओली नेतृत्वको सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। बिहीबार ‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रदर्शन भएको हो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित ‘देशको मुहार फेर्नुछ साथी, पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए। उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend