
काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यीमध्ये १०९ जना महिला हुन् भने बाँकी ३६४ जना पुरुष हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ जना पुगेको छ। हालसम्म ३१ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend