सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अनशनमा बसेकालाई भेट्न प्रधानमन्त्री पुगे अस्पताल

अनशनमा बसेकालाई भेट्न प्रधानमन्त्री पुगे अस्पताल

१८ असार, काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ई: र पुकार बमलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार नै हृयाम्स लगिएको थियो । साँझ प्रधानमन्त्री ओली भेट्न पुगे । उनले अनसन तोड्न र वार्तामा बस्न आग्रह गरेको अभियान्ता मध्येका एक सुरज पाण्डे पाण्डेले बताए ।

84628276_10223247720566177_850197869056380076_n.jpg

अस्पतालका अध्यक्ष आर एस भण्डारीका अनुसार प्रधानमन्त्री ओली करिव १५ मिनेट बसेका थिए । कोभिड-१९ नियन्त्रणमा सरकारले अन्य मुलुकले भन्दा राम्रो काम र युवाहरुले थप झकझक्याउने काम गरेको बताए । अभियान्ताहरूका अनुसार प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् । र, त्यसअनुसार वार्ता टोली गठनबारे छलफल सुरु भएको छ । कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो । 

सामाजिक सञ्जालबाट सुरू भएको अभियानकै आहृवानमा देशभर प्रदर्शन भयो ।तर सरकारले माग सम्बोधन नगरेको भन्दै ई:, पुष्कर बम, सुदन गुरुङ र सुवानी सिंजापति असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend