सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मोदी अचानक लद्दाखको राजधानी लेह पुगे

मोदी अचानक लद्दाखको राजधानी लेह पुगे

लेह :‌ भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लद्दाख पुगेका छन् । उनी आज बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ । भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमुमा हुनुहुन्छ। उहाँ आज बिहान यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्रीले सेनाका जवान, वायुसेना र आईटीबीपीसँग कुरा गर्दै हुनुहुन्छ ।’ उनी भिडन्त भएको स्थान गलवान उपत्यका जान्छन् कि जाँदैनन् भन्ने बारे केही खुलाइएको छैन । निमु भन्ने स्थान ११ हजार फिट उचाइमा पर्छ । अधिकारीहरूले प्रधानमन्त्रीलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराएका छन् । यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने भनिएको थियो ।

तर उनको भ्रमण बिहीबार रद्द भएको थियो। त्यसपछि प्रधानमन्त्री मोदी आफैं शुक्रबार त्यहाँ गएका हुन् । प्रधानमन्त्री मोदीका साथमा सेना प्रमुख जनरल नरवाने र सीडीएस बिपिन रावत पनि छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend