सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

पानी ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

पानी ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

कन्चनपुर : पानी बोक्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार पुनर्वास नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठगुन्‍नाको मृत्यु भएको हो ।

से ६ प ६४२६ नम्बरको मोटरसाईकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएको कञ्चनपुरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनापछि आक्रोसित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् । आगजनीबाट ट्यांकर पूर्ण रूपमा नष्‍ट भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend