
काठमाडौँ : नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्याको संख्या १५ हजार नाघेको छ । नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८७३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । यसरी नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार १८३ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका २३ वटा प्रयोगशालमा ४ हजार ४८३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, ३५ हजार ४७२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ८४ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend