
बागलुङको पश्चिम निसीखोलाका एक व्यक्तिको ढोरपाटन नगरपालिका–४ खुङ्गामा रहेको क्वारेन्टाईनमा मृत्यु भएको छ ।निसीखोला गाउँपालिकाका २९ वर्षीय युवाको खुङ्गा छोरेगाउँ माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाईनमा शनिबार राति मृत्यु भएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख घनश्याम शर्माले बताउनु भयो ।
भारतमा टि.भी रोगको उपचार गरि फर्किएका उनी छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका थिए ।उनको कोभिड–१९को परीक्षणको लागि पिसिआर पठाईए पनि अहिलेसम्म कुनै पनि रिपोर्ट आएको छैन ।
एउटै क्वारेन्टाईनमा रहेका १४ जना मध्ये १२ जनाको रिपोर्ट आएकोमा २ जनामा कोरोना संक्रमण देखिएको थियो । तर हाल मृत्यु भएका युवाको र अर्को एक बालकको भने रिपोर्ट नआएको स्वास्थ्य विभाग प्रमख शर्माले बताउनु भयो । उनको रिपोर्ट आएपछि मात्र दाहसंस्कार गरिनेछ ।
कोभिड–१९ देखिएको खण्डमा नेपाली सेनाले दाहसंस्कार गर्नेछ भने नदेखिएमा शव परिवारलाई हस्तान्तर गरिने बताईएको छ ।मृतकको ५ जना परिवार रहेको बताईएको छ । उनी विगत केही वर्षदेखि भारतमा रहँदै आइएको बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend