
काठमाडौँ : नेपालमा आइतबार थप २ सय ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप २९३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ९ हजार २ सय ३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ६ हजार ५ सय ४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । ने
पालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ जना रहेको छ । पीसीआर विधिबाट शनिबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend