
काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक दोश्रोपटक स्थगित भएको छ।यस अघि २२ गतेलाई तोकिएको बैठक शिर्ष नेताहरु बीच सहमतिको बिन्दु नभेटीएपछि बुधबार सम्मको लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
गत असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा विभिन्न समसामयिक विषयहरुमा छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक तनावपूर्ण बन्दै आएको छ।
नेतृत्वको विवादका कारण पछिल्ला केही दिनयता बैठक स्थगित नै गरिएको छ। शीर्ष नेताहरु दुई खेमामा विभाजित भएर राजीनामा दिनै पर्ने र दिँदै नदिने अडानका कारण नेकपा फुटको संघारमा पुगेको छ। पार्टीको आन्तरिक विवादकै क्रममा प्रधानमन्त्री ओलीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गराएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा ल्याउने प्रयास भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend