शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना भाईरस सर्ने तेश्रो तरिका बैज्ञानिक भन्छन हावाबाट पनि फैलनसक्छ

कोरोना भाईरस सर्ने तेश्रो तरिका बैज्ञानिक भन्छन हावाबाट पनि फैलनसक्छ

एजेन्सी विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आग्रह गरेका छन्।

डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै आएको उनीहरुले आरोप लगाउँदै आएका छन् ।अहिलेसम्म कोरोना भाइरस सर्न सक्ने दुई तरिकालाई मात्र नियन्त्रणको विषयमा प्रयास हुँदै आएको छ । तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम र दोस्रो, संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम ।यद्यपि विशेषज्ञहरुले भने तेस्रो तरिकाबाट पनि कोरोना भाइरस फैलिनसक्ने खतरा रहेको बताउँदै आएका छन् । अध्ययनले संक्रमितको मुखबाट निस्किएको ड्रपलेट (सूक्ष्म थोपा)को सबैभन्दा सूक्ष्म रुप (एरोसोल्स) लामो समयसम्म हावामा रहन सक्ने देखाएको छ । एरोसोल्स निकै सानो ड्रपलेट (पाँच माइक्रोनभन्दा सानो) हावामा छिटै बाफको रुपमा उडेर हराउन सक्छ । जसको कारण अन्य ड्रपलेटको तुलनामा लामो दुरीसम्म पुग्न सक्छ ।

शोधकर्ताहरुले यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन्जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरु निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरु, बस, कोठाहरु र अन्य यस्ता स्थानहरु झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।यस विषयमा भने डब्ल्यूएचओले चेतावनी नदिएको र मानिसहरुलाई सचेत बनाउन नसकेको भन्दै ३२ मुलुकका २३९ शोधकर्ताहरुले हस्ताक्षर गरेर एक पत्र बुझाएका छन् ।

यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरुले बताउँदै आएका छन् ।रेष्टुरेन्टमा डिनर गर्ने क्रममा पनि चीनमा धेरै मानिसहरु संक्रमित भएको उदाहरण पनि पाइन्छ । त्यस्तै अमेरिकामा मार्च १० मा भएको एक रिहर्सलमा अंकमाल गर्ने, हात मिलाउने, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता मापदण्ड पुर्याउँदा पनि आठ जना बिरामी परेका थिए भने दुई जनाको मृत्युसमेत भएको थियो ।यस विषयमा डब्ल्यूएचओले एरोसोल्सको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भए पनि यस किसिमको संक्रमण इन्टुबेशनलगायतका उपचारको प्रक्रियाको क्रममा मात्र हुन सक्ने बताएको छ ।

डब्ल्यूएचओका संक्रामक रोग विशेषज्ञ बेनेदत्त एलेग्रान्जीले अहिले शोधकर्ताहरुले अघि सारको बहसको सम्मान गर्ने र उनीहरुलाई बहसको मौका दिइने बताएका छन् ।शोधकर्ताहरुले भने यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन् । उनीहरुले यस किसिमको संक्रमणबाट धेरै मानिस संक्रमित हुने र व्यापक मात्रामा कोरोना भाइरस फैलिनसक्ने बताएका छन् । कोरोना भाइरस फैलिनुको यो पनि महत्वपूर्ण कारण रहेको उनीहरुको भनाइ छ ।केहीले यो संक्रमण रोक्न मास्कको प्रयोग गर्नु उचित हुने बताएका छन् भने केहीले कोठामा राम्रोसँग हावा आवतजावत गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend