मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अनिवार्य रुपमा मास्क लगाउन गृहमन्त्रालयको निर्देशन

अनिवार्य रुपमा मास्क लगाउन गृहमन्त्रालयको निर्देशन

कोरोनाको संक्रमण बढ्दै गएको नेपाल सरकारले घरबाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको छ । मास्क नलगाई घर बाहिर निस्कनेलाई अब पक्राउ गरी कारबाही गरिने भएको छ ।

यससम्बन्धी सूचना जारी गर्दै गृहमन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी गराएका छन् । लकडाउन खुकुलो पारिएको वर्तमान सन्दर्भमा घरबाहिर निस्कँदा सर्वसाधारणले मास्क लगाउन लापर्वाही गरेको पाइएपछि यस्तो निर्णय गरिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend