
काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend