बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनले बाहिरिँदा यात्रु लगे कारबाही

काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनले बाहिरिँदा यात्रु लगे कारबाही

काठमाडौं : उपत्यकामा भित्रने कुनै पनि सवारी साधनले उपत्यका बाहिर जाँदा यात्रु लिएर नजान जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ। पास लिएर काठमाडौं भित्रने सवारीले उपत्यका बाहिर जाँदा यात्रु समेत लैजाने गरेको पाइएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो।

प्रशासनको यस्तो सूचना उल्लंघन गरी यात्रुको ओसारपसार गरे कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले स्मरण गराएको छ। यसका साथै कुनै पनि भाडाका सवारी साधनका लागि कुनै पनि किसिमको पास वितरण नगरिने समेत जानकारी प्रशासनले गराएको छ।

उपत्यकामा यात्रु भित्रने क्रम बढेको भन्दै बिना पास यात्रु भित्र्याउनेलाई समेत कारबाही गरिने प्रशासनले जनाएको छ। यसका साथै अत्यावश्यक कामबाहेकका लागि पास उपलब्ध नहुने समेत प्रशासनले जानकारी गराएको छ।

IMG_20200706_220816.jpg

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend