सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौ, सतर्क रहन विज्ञको सुझाब

कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौ, सतर्क रहन विज्ञको सुझाब

काठमाडौं, २३ असार–काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा बढ्दै गएको हो ।

लकडाउन खुकुलो बनेपछि उपत्यकामा जथाभाविरुपमा चहलपहल बढेको भन्दै उच्च सर्तकता अपनाउन जरुरी भएको विज्ञहरुले सुझाब दिएका छन् । कोरोना सकिएझै युवाहरु माक्स नलगाई सडकमा हिडिरहेका कारण काठमाडौमा उच्च कोरोनाको जोखिम रहेको विज्ञको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend