बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. थपलिया नियुक्त

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. थपलिया नियुक्त

काठमाडौं, असार २२ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. राधिका थपलिया नियुक्त हुनुभएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी डा. थपलियालाई आज नियुक्त गर्नुभएको हो । बोर्डकाको पद खाली भएको कारणले मन्त्रालयले उहाँलाई केही समयको लागि नियुक्त गरिएको प्रशासन बिभाग प्रमुखसमेत रहनुभएका सहसचिव रधुराम विष्टले जानकारी दिनुभयो । ‘अर्को व्यवस्था नहुेन्जेलसम्म कामकाजका लागि उहाँलाई नियुक्त गरिएको हो,’ बिष्टले भन्नुभयो ।
 
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएकी डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत हुनुहुन्थ्यो । गत शुक्रबार बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजिनामा दिनुभएपछि उहाँको ठाउँमा थपलिया पठाइएको हो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend