
काठमाडौ : नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेकाे छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएकाे छ । म
बैठक दिउँसो ४ बजे बोलाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् ।
नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ । वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend