
काठमाडौँ : नेपालमा मगंलबार थप २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप २०४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ८ हजार ६ सय ३४ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ८८ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ जना रहेको छ । पीसीआर विधिबाट शनिबार ६ हजार १ सय ३३ जनाको कोरोना परीक्षण भएको छ । अहिले सम्म पीसीआर विधिबाट २ लाख ६१ हजार ८ सय ६१ जना जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा २५ हजार ७ सय २७ जना रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend