बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं : नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक (आइजिपी) मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले क्षेत्री प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

हालका आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधि पूरा गरेका कारण भोलि बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने आइजिपी पदमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो। २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नवनियुक्त आइजिपी क्षेत्रीले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्। थापाले प्रतिस्पर्धी हरि पाललाई पछि पार्दै आइजिपीमा नियुक्त भएका हुन्। सँगै भर्ना भएका क्षेत्री र पालमात्रै यो पटक आइजिपीका लागि दाबेदार थिए।

प्रहरी नियमावली २०७१ अनुसार आइजिपीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ। सेवा प्रवेश गरेदेखि नै पहिलो नम्बरमा रहँदै आएका क्षेत्री अन्ततः प्रहरीको सर्वोच्च पदसम्म पुग्न सफल भएका छन्। भक्तपुर स्थायी घर भएका क्षेत्री नीति निर्माण तहमा अब्बल प्रहरी अधिकृत मानिन्छन्। मानव स्रोत एवं प्रशासन विभाग प्रमुखको भूमिकामा रहेका क्षेत्रीले डिआइजी हुँदा महानगरीय प्रहरी कार्यालय रानिपोखरी (मेट्रो) तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै एसपी हुँदा क्षेत्रीले कास्की र झापाको कमान्ड सम्हालेका उनले डिएसपी हुँदा धादिङ प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए। इन्सपेक्टर हुँदा सल्यान, सिन्धुपाल्चोकमा समेत क्षेत्रीले काम गरिसकेका छन्। क्षेत्री लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन्। उनी इन्स्पेक्टरदेखि एआइजी बढुवा हुँदासम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend