मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

ब्राजिलका ६५ वर्षीय राष्ट्रपतिमा कोरोना संक्रमण पुष्टि

ब्राजिलका ६५ वर्षीय राष्ट्रपतिमा कोरोना संक्रमण पुष्टि

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोल्सोनारोले ब्राजिलको राष्ट्रिय टेलिभिजनमार्फत आफूलाई कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

‘हो मेरो पोजिटिभ रिपोर्ट आएको छ, यसबाट डराउनुपर्ने कुरै छैन’ उनले सम्बोधनका क्रममा भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रपति बोल्सोनारोले विश्व स्वास्थ्य संगठनले भीडभाडबाट बँच्ने, सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउन दिएको सुझावलाई बेवास्ता गर्ने गरेका थिए ।

यसअघि उनले कोरोनालाई सामान्य रुघाखोकी जस्तै भएको र आफूले यसलाई पचाइसकेको बताएका थिए । ब्राजिलमा १ करोड ६० लाख जनालाई कोरोना संक्रमण भएको छ । यहाँ ६५ हजारभन्दा बढीको कोरोनाकै कारण ज्यान गएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend