
काठमाडौँ : दक्षिण कोरिया रोजगारीमा जान सम्पूर्ण प्रकृया पुरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सबै प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।
रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागि रामहरी देवकोटाले बताउनुभयो । सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागिहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, युवाहरुको भविष्य नविगार’ नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend