
धादिङ : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा युवाहरुले धादिङबेसी बजारमा प्रर्दशन गरेको छ ।
देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।
सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend