२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले देशभर भारतीय टीभी च्यानलहरु बन्द गरेका छन् ।
भारतीय न्युज च्यानलहरु नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको नेपालमाप्रसारण रोकिएको छ।