शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

जी – न्यूजका सम्पादकले नेपालीसँग मागे माफी

जी – न्यूजका सम्पादकले नेपालीसँग मागे माफी

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन्।

सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन्। उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन्।

उनले लेखेका छन्, ‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु।’ जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए।

IMG_20200710_220551.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट