logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा सुवेदीको ‘नरोउ है आमा’ सार्वजनिक

    अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा सुवेदीको ‘नरोउ है आमा’ सार्वजनिक

    2K
    Shares
    अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा सुवेदीको ‘नरोउ है आमा’ सार्वजनिक

    काठमाडौं । गीतकार डा शिव सुवेदीको शब्द सिर्जना रहेको नयाँ लोकगीत ‘नरोउ है आमा’ सार्वजनिक भएको छ।

    छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु समेटिएको गीतमा स्वर अस्मिता डल्लाकोटीको रहेको छ। संगीत नन्दु परियारले भरेका छन्।

    संगीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। गीतको म्युजिक भिडियो समेत निर्माण गरिएको छ। जहाँ गायिका डल्लाकोटी मुख्य भूमिकामा छिन् । अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उनलाई साथ दिएका छन्।

    कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend