शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २७ असार : पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएका ७० सहित नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ८,४४२ पुगेको छ । कुल संक्रमितमध्ये ३६ जनाको मृत्यु भएको छ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट