
चितवन : अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।
यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने जनाएको छ ।
पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले नि पक्राउ परेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend