
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’
उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend