
धादिङ : धुनिबेसी नगरपालिकाले जग्गा खरिदको क्रममा सार्वजनिक सूचनासमेत
टाँस नगरी गुपचुप ढंगले खरिद गरेको विरोधपत्रमा उल्लेख गरेको छ । धुनिबेसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले ठुला व्यापारीसँगको मिलेमतोमा ठुलो रकमको आर्थिक हिनामिना गरेको पनि विरोधपत्रमा उल्लेख छ ।
नगरले जुगेडी केन्द्र भन्दै मच्छिन्द्रनाथ सामुदायिक वनको खोल्सासँगै जोडिएको कपुरबासे भन्ने स्थानमा जग्गा लिएको स्थानीयले जनाएका छन् । मोटो रकमको चलखेल हुने भएपछि ठुला व्यापारीको जग्गा अर्थात् ग्याप नेपाल प्रा.लि र सिजी प्रिन्ट एण्ड प्याकेजिङ्ग प्रालिसँगको मिलेमतोमा साविकको नौबिसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२५२ को ३ रोपनी क्षेत्रफल र साविककै नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२४९ को ५ रोपनी क्षेत्रफल जग्गा प्रतिरोपनी २० लाख ६० हजारमा खरिद गरेको हो ।
खरिद जग्गा नगरपालिकाको मापदण्डसमेत नपुग्ने बताइएको छ । नगरपालिका हुनको लागि बस्तीसँगै हुनुपर्ने, सडक सञ्जालसँग जोडिनुपर्ने, राजमार्गबाट ५ सय मिटरभित्र हुनुपर्ने, बालबालिका, अपाङ्ग र वृद्ध वृद्धालाई समेत सहज रुपमा आवतजावत गर्न सक्ने हुनुपर्छ । तर भौतिक पुर्वधारविना सीमित व्याक्तिहरुको फाइदाको लागि नगरले जग्गा खरिद गरेको विरोधपत्रमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend