
काठमाडौँ : १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ।
ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवसाइट बनाएको ब्युरोले जनाएको छ। श्रेष्ठले उक्त बेवसाइटमा चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गरेका थिए।
किशोरीले अश्लिल भिडिओ बनाई पोर्न साइटमा राखेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनको खोजी गरी काठमाडौंबाट पक्राउ गरेको हो। श्रेष्ठलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित कसूर बमोजिम पक्राउ गरिएको हो।
उनलाई ब्युरोले पक्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त,दरबारमार्ग पठाइएको छ। उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ।
साथै, अश्लिल तथा यौनजन्य सामग्री कम्युटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमबाट प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु कानुनीरूपले दण्डनीय रहेको ब्युरोले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend