
धादिङ : कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भैइरहेको छ ।
रगतको अभावले बिरामीहरुलाई समस्या परेको हुँदा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औ संस्था स्थापना दिवस तथा रजत वर्षको उपलक्ष्यमा राजमार्ग सामुदायिक अस्पताल, मलेखु धादिङको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरि १४५ पिन्ट रगत संकलन गरि रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
सोही कार्यक्रमा १४५ जना रक्तदाताले रक्तदान गरेका थिए तेसमध्य २६ जना महिला र ११९ जना पुरुषको सहभागिता समेत रहेको थियो।
प्रत्येक वर्ष रक्तदान कार्यक्रममा सहभागिता जनाउँदै आएको लायन्स क्लब अफ धदिङ मलेखु टाउनले यस वर्ष पनि रक्तदान कार्यक्रममा विशेष भूमिका निर्वाह गरेको क्लबका पूर्वअध्यक्ष संजय त्रिपाठीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend