
३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेका समाचारशतप्रतिशत गलत र कपोलकल्पित भएको बताउनुभएको छ।
‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित गरीएको छ। त्यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक भएको पनि बताउनु भएको छ ।
ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।
थापाले प्रेस वक्तव्य जारीगर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।
तसर्थ आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु उँहाले भन्नुभएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend