सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

चौधरी ग्रुपको ल्याण्डमार्कका व्यवसायीलाई साढे दुई करोड बराबरको घरभाडा छुट

चौधरी ग्रुपको ल्याण्डमार्कका व्यवसायीलाई साढे दुई करोड बराबरको घरभाडा छुट

असार ३ चितवन ।   विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण गरिएको लकडाउनका कारण देशका सबै उद्योगी व्यवसायी मारमा परेका छन ।  तर देशकै ठुलो  उद्योग प्रतिष्ठान रहेको चौधरी ग्रुपले लकडाउन अवधिको ४ महिनाको भाडा छुट गरेर उदाहरणीय काम गर्न सफल भएको छ । 

लकडाउन छुट भएसंँगै ल्याण्डमार्क सबै व्यवसायीमा खुसी छाएको छ । काठमाडौ उपत्यका पछिको  अत्याधुनिक  र सुबिधासम्पन्न ल्याण्डमार्कमा झण्डै ७०  वटा व्यवसाय सञ्चालनमा रहेका छन ।  ल्याण्डमार्कले चैतदेखि असारसम्म २ करोड ५० लाख भन्दा बढी भाडा छुट  गरेको बताएको छ। ल्याण्डमार्कका प्रबन्धक उज्ज्वल केसीले लकडाउन अवधिको सबै महिनाको भाडा छुट  गरेर व्यवसाायिक दायित्व पुरा गरेको बताए ।

‘लकडाउनका कारण व्यवसायीको लागि भाडा के कति गर्ने भन्नेमा हामी अन्यौल थियौं, उनले भने, पछिल्लो पटक भएको मिटिङ्गबाट सबै महिनाकै भाडा छुट गर्ने निर्णय गरिएको हो ।  ’ यसबाट यहांँ रहेका ६५ वटा भन्दा बढी व्यवसायीलाई राहत मिलेको उनले बताए ।  भाडा छुट भएसंँगै यहांँ रहेका साना तथा ठुला व्यवसायीले  आफुलाई ठुलो  राहत महसुस भएको बताएका छन । 

व्यवसाय भर्खर  शुरु  भएका बेला र लाखौं लगानी गरेर संचालन गरिरहेका व्यवसायीहरुले चौधरी ग्रुपको निणर्यलाई स्वागत तथा प्रशंसा गरेका छन ।  सिनेप्लेक्स, सोनमा गियर, र अर्किड कपडा पसल सञ्चालन गर्दै आएका सञ्चालक गणेश श्रेष्ठले आफुलाई ठुलो राहत मिलेको बताए।   यतिबेला कर्मचारी, बैंकको व्याज तथा व्यवसाय ठप्प भएको बेला मलको यो निर्णयलाई हामीले ह्दयदेखि स्वागत गर्दछौं उनले भने । 

लकडाउनका कारण व्यवसायनै विस्थापित भइरहेको अवस्थामा यस शतप्रतिशत छुटले आफ लाई उर्जा मिलेको श्रेष्ठको भनाई छ । अर्का व्यवसायी प्रकाश श्रेष्ठले सरकारले व्यवसायीको बेला कुनै  सहयोग नगरेको बेला नीजि क्षेत्रले गरेको कदमप्रति आफुलाई खुसी मिलेको बताए।

‘अहिले सरकार छकि छ्रैन भन्ने अवस्थामा लाखौं भाडा छुट हुनु हाम्रो लागि प्लस पोइन्ट हो। उनले भने चौधरी ग्रुपले आफ्नो व्यवसायीक धर्म निभाउनको साथै व्यवसायीको मर्म बुझेको उनले बताए। खाद्यसामाग्री बाहेक यो मलमा सब्रै प्रकारका दैनिक उपभोग्य बस्तु , होटल, रेष्टुरेन्ट , तथा मनोरञ्जनका गतिविधिका व्यवसायहरु सञ्चालनमा रहेका छन।

मलमा व्यवसाय सञ्चालनगरिरहेका अर्का व्यवसायी बिदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए। ‘कारोबार गर्न नपाएको चार महिनाबितिसक्यो। यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्थाआउँथ्यो,’ पौडेलले भने, ‘माननीय चौधरीको कदमबाट हामीले ठुलो राहत महसुस गरेका छौं। व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ। ’ मलकाअर्का व्यवसायी रोशनतिवारीले पनि भाडा छुटको निर्णयबाट आफु निकै हौसिएको बताए।

‘सिजी ल्यान्डमार्कले अत्यन्तै उदाहरणीय काम गरेको छ। यसलाई देशभरका सपिङ मलहरु र धरधनीहरुलेअनुसरण गर्नुपर्छ ,’ तिवारीले भने, ‘व्यवसायी पलायन भए भने त्यसको मार घरधनीलाई पनि पर्छ .’ प्रबन्धक केसीका अनुसार व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामानउपलब्ध गराइरहेका छन्।

सरकारले सपिङकम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफुहरुले सहजीकरण गरेको केसीको भनाइ छ। सामाजिक दुरी मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्था लगायत स्वास्थ्य सुरक्षा सम्बन्धीअन्य मापदण्ड पुरा गरे÷नगरेको विषयलाई मलव्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सुष्म रुपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाइएकोे प्रबन्धक केसीले जानकारी दिए।

व्यस्थापनले सामाजिक दुरीको लागिमार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्थागनर्’का साथै मलका रेलिङ लगायत छोइने बस्तुहरुलाई नियमित रुपमा निसंक्रमित गर्ने गरेको उनको भनाइ छ। यो निर्णय संगै लकडाउन अबधिको सत प्रतिशत भाडा छुट दिने निर्णय गर्ने चौधरी गग्रुप नेपालको पहिलो नीजी क्षेत्र वनेको छ। यस अघि केही नीजी क्षेत्रहरूले २) देखि ५) प्रतिशत र सरकारी क्षेत्रहरुले समेत ५) प्रतिशत मात्र भाडा छुट गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend