आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिए, ६९७ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिए, ६९७ जनाले जिते कोरोना

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २६ वटा प्रयोगशालमा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनका अनुसार ६ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा २६ वटा प्रयोगशालमा ५ हजार ९० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

हालसम्म २ लाख ९८ हजार ८२९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ५२७ रहेको छ । त्यस्तै, ६ हजार ११३ आइसोलेसनमा रहेका छन्

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend