
काठमाडौँ : नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो रौतहट परवा नगरपालिका वडा–७ का ३६ वर्षिय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी गराउनुभयो ।
मृतक पुरुषको हेटौडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना देखिएको थियो। भारतबाट नेपाल फर्किएका ति पुरुष असार २४ गते स्थानिय सरकारले बनाएको क्वारेन्टाइनमा बसेका र २९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछी अस्पताल भर्ना भएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend