
काठमाडौँ : नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन।
गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।
शाही र कार्की अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन । दुबै जना कार्यकुशलताको हिसावले अहिलेसम्म विवादमा परेका छैनन। कुनै उजुरी नपरे उनीहरुले एक साता भित्र दर्ज्यानी चिन्ह लगाउने छन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend