
काठमाडौँ : नेपाल टेलिकमले बिलिङ सिस्टममा परिमार्जन भएको भन्दै असार ३१ गते राती १२ बजेपछि केही समयका लागि रिजार्ज तथा प्याक खरिदमा समस्या हुन सक्ने जानकारी गराएको छ।
टेलिकमले बुधबार साँझमा एक सूचना जारी गर्दै बुधबार राती १२ बजेपछि करिब १ घण्टासम्म रिचार्ज तथा डाटा प्याक तथा भ्वाइस प्याक सेवा खरिदमा समस्या हुन सक्ने जानकारी गराएको हो।
आर्थिक ऐन २०७७ मा मोबाइल सेवाको स्वामित्व शुल्कसम्बन्धी व्यवस्था परिवर्तन भएकाले बिलिङ सिस्टममा परिवर्तन गर्न लागिएको हो। हालै संसद्बाट पारित भएको आर्थिक ऐनमा मोबाइल सेवामा थप स्वामित्व शुल्क लाग्ने व्यवस्था गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend