
१ साउन, काठमाडौं । चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश कुमार अग्रवालले अबको मौद्रिक नीति विस्तारित तथा गतिशिल हुनुपर्ने बताउनु भएको छ ।
कोभिड १९ का कारण देशको शिथिल भएको अर्थतन्त्रलाई स्थायित्व दिने खालको अर्थनीति ल्याउनुपर्नेमा उहांँले जोड दिनु भएको हो । हाल बजारमा तरलता अभाव भएको बताउंँदै उहांँले कोभिड १९ बाट प्रभावित व्यवसायलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । ‘अब ल्याउने मौद्रीक नीतिमा प्रभावित तथा अति प्रभावित उद्योगी व्यवसायीमैत्री मौद्रीक नीति आबश्यक छ , उहांँले भन्नुभयो, अर्थतन्त्रलाई गतिशिल बनाउने खालको मौद्रिक नीति आवश्यक छ ।’ सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई उकास्न पुर्नवित्तीय लगानी गर्दै सहुलियत व्याजदर तथा राहत प्याकेज ल्याउनु पर्ने उहांँको भनाई थियो ।
‘शिथिल अर्थतन्त्रलाई उकास्न राष्ट्रबैंकले असारसम्म दिएको स्प्रेडदर लाई साढे ४ प्रतिशत बाट कम गरेर सवा ३ प्रतिशतमा ल्याउनु पर्छ ।’अग्रवालले भन्नु भयो । अर्थतन्त्रलाई बलियो र गतिशिल बनाउन व्याजदर सिंगल डिजीटमा लैजानुपर्ने भन्दै उहांँले बैंकको सबैभन्दा महत्वपुर्ण अंग ऋणी भएकोले उनीहरुलाई जोगाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । ‘ बैंकले ऋणीबाटको आम्दानीबाट लगानीकर्ता, निक्षेपकर्ता, तथा कर्मचारीलाई हेनुपर्नेहुन्छ, उहांँले भन्नुभयो, मुहानलाई बचाउने जिम्मा बैंकहरुको हो । ’
बजेटले मौद्रिक नीतिलाई सहजीकरण गर्नुपर्ने , ७ प्रतिशत कुल ग्राहस्थ उत्पादन र मुद्रा स्फितिलाई सम्बोधन गर्ने खालको मौद्रीक नीति आबश्यक पर्ने उहांँको तर्क छ । अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारले आपुर्ति सहज बनाई विदेशी लगानी आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उहांँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उपाध्यक्ष अग्रवालले सरकारले पछिल्लोपटक अख्तियारको क्षेत्राधिकार बढाउन तेस्रो शंशोधन विधेयक राष्ट्रिय सभामा पेश गरेको प्रति आपत्ति जनाउनुभयो । उहांँले अख्तियारको हस्तक्षेप व्यवहारिक र वैज्ञानिक नभएको भन्दै उहांँले नीजि क्षेत्र स्वतन्त्र हुनुपर्ने बताउनु भयो । नीजि बैकिङ्ग सेक्टरलाई नियमन गर्न राष्ट्रबैंक छदैछनि उहांँले भन्नुभयो, यो संवैधानिक अंग सरकारी क्षेत्रको नियमन गर्ने संस्थामात्र बन्नुपर्छ ।’ आयोगमा सबै कर्मचारी सरकारी नै हुने भएकोले यो सार्वजनिक पद धारणा गरेको व्यत्तित्वको लागि मात्र अख्तियारको क्षेत्र हुनुपर्ने बताउनु भयो ।
हेर्नुहोस् समसामयिक बिषयमा सुनौलो नेपालमा गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend