
कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।
कोरोना भाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरुले बताएका छन् ।
चीनले लकडाउन खुकुलो गरेसँगै अर्थतन्त्र उकास्न जोड दिएपछि विश्वले नै चीनको आर्थिक वृद्धिको अवस्थालाई नियालिरहेका थिए । यो अंक विज्ञहरूले अनुमान गरेभन्दा बढी भएको र यसले अर्थतन्त्र एकाएक उकालो लाग्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ । बीबीसी न्यूज सिंगारका मारिको ओईले गरेको विश्लेषण अनुसार चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो । जर्मनको एक बैंकको एक अध्ययनमा चीनको अर्थतन्त्रको भी सेप रिकभरी (V आकारको पुनरुत्थान) लगभग पूरा भएको उल्लेख गरिएको छ । गत मेमा कोरोना भाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो । सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक भएको बताइएको छ ।–बीबीसी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend