
इलाम : इलामको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका नेपाली सेनाका एकजवानसहित छ जनामा कोरोना पुष्टि भएको छ ।
इलाम नगरपालिका-८ का एकजना, इलाम नगरपालिका १० का तीनजना र इलाम नगरपालिका ७ का २ जनामा कोरोना पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।
कुवैत, साउदी, कतार, गृसबाट आएका एक/एक जना, भारतबाट आएका एकजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको हो। कोरोना पुष्टि हुने सबै ४० वर्ष मुनीका पुरुष रहेको बरालले बताए । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेका उनीहरुको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो ।
कोोरिया पुष्टि भएकालाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा बिहीबार नै पुर्याउने तयारी गरिएको बरालले बताए । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend