
काठमाडौं : नेपालमा बिहिबार थप १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १६७ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ६ हजार ५६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ जना रहेको छ । पीसीआर विधिबाट विहिबार ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा २३ हजार ५ सय जना रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend