
बिकास रौनियार, धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर-९ मुरलीभन्ज्याङमा बिहिबार दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
बिहिबार साँझ ८ बजे २५ मिनेटमा दुर्घटना भएको हो । धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा प्रदेश नम्बर ३,००८—०२—प—२४४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो ।
दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर-९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्सालको काठमाडौको ट्रमा सेन्टरमा उपचारको क्रममा बिहिबार राती ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले सुनौलो नेपाललाई बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend