मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

धरान  नेपालमाथ एव्य

क्ति

 

 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए। ‘उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृत्यु भयो,’ उनले भने। गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो।

मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो। त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। अहिले मृतकको शवलाई अस्पतालमै राखिएको छ। शवलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend